१५ बैशाख २०८१, शनिबार | Sat Apr 27 2024

वन कार्यालयको अपिल : ‘हात्ती हिँड्ने बाटोमा बिहान नहिँड्नुस्’



बिर्तामोड– डिभिजन वन कार्यालय झापाले जंगली हात्ती हिँड्ने सम्भावित बाटोमा यात्रा गर्दा सावधानी अपनाउन सार्वजनिक रुपमा अपिल गरेको छ ।

कार्यालयले हात्तीको आक्रमणबाट मानवीय क्षतिका घटना बढेपछि बुधबार सूचना जारी गरी बिहान झिसमिसेमा यात्रा नगर्न सर्वसाधारणलाई अनुरोध गरेको हो ।

वन कार्यालयले बिहानीपख निस्कनै पर्ने भए टर्च लाइट बोकेर समूहमा मात्र हिँडडुल गर्न अनुरोध पनि गरेको छ ।

पछिल्ला केही घटना हेर्दा बिहानको समयमा हात्तीले आक्रमण गरी ज्यान लिने वन कार्यालयको निष्कर्ष छ ।

एक साताको अवधिमा हात्तीको आक्रमणबाट झापामा दुई जनाको मृत्यु भएको थियो ‌‌। आक्रमणबाट एकजना घाइते भएको जनाइएको छ ‌।

प्रकाशित मिति : २० असार २०८०, बुधबार ००:००  ९ : ३४ बजे