१५ बैशाख २०८१, शनिबार | Sat Apr 27 2024

भद्रपुरमा जिल्लास्तरीय फुटवलको तयारी



भद्रपुर– झापाको भद्रपुरमा मंसिर पहिलो सातादेखि झापा जिल्लास्तरीय लिग कम नकआउट फुटबल प्रतियोगिता आयोजनाको तयारी थालिएको छ ।

भद्रपुर झापा गोल्डकपले बडादशैं लगायतका पर्वको अवसर पारेर आइतबार आयोजना गरेको शुभकामना आदान–प्रदान कार्यक्रममा प्रतियोगिताको प्रारम्भिक तयारीवारे जानकारी दिइएको हो ।

गोल्डकपका अध्यक्ष दीपेश ढकालले प्रथम भद्रपुर झापा गोल्डकपको सफल आयोजनापछि भद्रपुर झापा गोल्डकप समितिलाई चुनौतीसँगै अवसरहरु पनि प्राप्त भएको बताए ।

कार्यक्रममा महासचिव जीवनकुमार श्रेष्ठले लिग कम नकआउट प्रतियोगिताका सम्बन्धमा हालसम्म भएको तयारीका विषयमा अवगत गराएका छन् ।

महासचिव श्रेष्ठका अनुसार मंसिर ७ गतेदेखि मेची रंगशालामा झापा जिल्लास्तरीय लिग कम नकआउट प्रतियोगिता सञ्चालन हुनेछ । प्रतियोगितामा झापाका १५ वटै स्थानीय तह र आयोजक गरी १६ वटा टीमको सहभागिता रहनेछ ।

प्रकाशित मिति : २८ आश्विन २०८०, आइतबार ००:००  ७ : ४३ बजे