१७ बैशाख २०८२, बुधबार | Wed Apr 30 2025

मुख्यमन्त्री कार्कीले गरे सर्वदलीय सरकार निर्माणको प्रस्ताव



मोरङ-कोशी प्रदेश सरकारका मुख्यमन्त्री केदार कार्कीले सर्वदलीय सरकार निर्माणको प्रस्ताव गरेका छन् । संघीयतालाई संस्थागत गर्न कोशीमा सर्वदलीय सरकार निर्माणको विकल्प नभएको मुख्यमन्त्री कार्कीले बताए ।

नेपाल क्षयरोग निवारण संस्थाको ४४ औँ केन्द्रीय सभाको वार्षिक अधिवेशनमा शुक्रबार मुख्यमन्त्री कार्कीले केन्द्रीय गठबन्धन परिवर्तन हुँदैमा कोशी सरकार तलमाथि नहुने जिकेर गरे ।

पूर्व मुख्यमन्त्री हिक्मत कार्की लगायत एमाले सांसदको समर्थनमा मुख्यमन्त्री भएको स्मरण गर्दै कार्कीले उनीहरुको भावना अनुसार नै सर्वदलीय सरकार बनाउन लागिरहेको उल्लेख गरेका छन् ।

प्रकाशित मिति : ९ चैत्र २०८०, शुक्रबार ००:००  ६ : ३१ बजे