११ जेष्ठ २०८२, शनिबार | Sat May 24 2025

मेची भन्सारबाट पाँच महिनामा तीन अर्ब नौ करोडको अलैँची निर्यात




झापा– चालु आर्थिक वर्षको मंसिरसम्म मेची भन्सारबाट तीन अर्बभन्दा बढीको अलैँची निर्यात भएको छ । मेची भन्सार कार्यालय काँकडभिट्टाका अनुसार मंसिर मसान्तसम्म २३ लाख ७४ हजार ११० किलो अलैँची निर्यात भएको हो ।

अलैँची निर्यातबाट पछिल्लो पाँच महिनामा तीन अर्ब नौ करोड ८६ लाख १४ हजार रुपैयाँ नेपाल भित्रिएको छ  । गत आर्थिक वर्षको यही अवधिमा ३३ लाख ९२ हजार ३३१ किलो अलैँची भारत निर्यात गर्दा दुई अर्ब ७२ करोड ३६ लाख भित्रिएको थियो ।

मूल्यवृद्धि हुँदा गत वर्षको तुलनामा १० लाख १८ हजार किलो अलैँची कम निर्यात हुँदा पनि मूल्य करिब १४ प्रतिशतले बढेको छ ।

प्रकाशित मिति : २६ पुस २०८०, बिहिबार ००:००  ८ : ४२ बजे