१५ बैशाख २०८१, शनिबार | Sat Apr 27 2024

सभामुख घिमिरेले झापा गोल्डकपको उद्घाटन गर्ने



बिर्तामोड-सभामुख देवराज घिमिरेले झापा गोल्डकपको उद्घाटन गर्नु हुने भएको छ । शनिबार दिउँसो सभामुख घिमिरेले झापा गोल्डकपको उद्घाटन गर्ने कार्यक्रम तय भएको हाे ।

झापा गोल्डकपका अध्यक्ष बिनोद बस्नेतले प्रतियोगिताको उद्घाटनका लागि सभामुख घिमिरेलाई प्रमुख अतिथिका रुपमा आमन्त्रण गरिएको जानकारी दिनुभयो ।

झापा गोल्डकपको छैठौँ संस्करण शनिबारदेखि सुरु हुन लागेको हो । गोल्डकप व्यवस्थापन समितिका अनुसार उद्घाटन खेलमा सशस्त्र प्रहरी र संकटा फुटबल क्लब भिड्नेछन् ।

प्रकाशित मिति : १८ फाल्गुन २०८०, शुक्रबार ००:००  १० : ०४ बजे