१५ बैशाख २०८१, शनिबार | Sat Apr 27 2024

पत्रकार पौडेललाई उत्कृष्ट पत्रकारिता पुरस्कार



झापा–पत्रकार प्रकाश पौडेल पुरस्कृत भएका छन् । मेचीनगर सञ्चार प्रतिष्ठानका सचिव समेत रहेका पौडेललाई मेची कृषक बहुमुखी सहकारी संस्थाले उत्कृष्ट पत्रकारिता पुरस्कार प्रदान गरेको हो ।

शनिवार मेचीनगरमा आयोजित समारोहका बीच पत्रकार पौडेललाई पुरस्कृत गरिएको छ । प्रतिनिधिसभा सदस्य विश्वप्रकाश शर्मा र प्रदेशसभा सदस्य गोपाल तामाङले संयुक्त रुपमा उक्त पुरस्कार प्रदान गरेका हुन् ।

खबर मञ्च साप्ताहिकका सम्पादक समेत रहेका पत्रकार पौडेल एकदशक अघिदेखि पत्रकारितामा सक्रिय छन् ।

प्रकाशित मिति : २३ मंसिर २०८०, शनिबार ००:००  ७ : २६ बजे