१५ बैशाख २०८१, शनिबार | Sat Apr 27 2024

मन्त्रिपरिषद् विस्तार : स्वास्थ्यमन्त्री भए उपेन्द्र यादव



काठमाडौँ-जनता समाजवादी पार्टी सरकारमा सहभागी भएको छ । जसपाबाट अध्यक्ष उपेन्द्र यादव र नवलकिशोर साह सरकारमा गएका छन् ।

यादवले उपप्रधानसहित स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको जिम्मेवारी पाएका छन् भने साह वन तथा वातावरण मन्त्री बनेका छन् ।

आइतबार विस्तार भएसँगै प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको मन्त्रिपरिषद् २२ सदस्यीय भएको छ । एमाले, माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी, जसपा र नेकपा एस सहभागी गठबन्धन सरकारमा अब बढीमा तीनजना राज्यमन्त्री थप्न सकिन्छ।

प्रकाशित मिति : २७ फाल्गुन २०८०, आइतबार ००:००  १२ : ५१ बजे