१५ बैशाख २०८१, शनिबार | Sat Apr 27 2024

भद्रपुर एयरपोर्टमा ब्राउन सुगर बेच्न आएका दुई भारतीय महिला पक्राउ



झापा-लागूऔषध ब्राउन सुगर बेच्न आएका दुई महिलासहित तीन भारतीय नागरिकलाई प्रहरीले मंगलवार दिउँसो पक्राउ गरेको छ । तीन जनामध्ये दुई जना महिला भद्रपुर एयरपोर्ट अगाडिबाट पक्राउ परेका हुन् ।

पक्राउ परेका ती दुई महिलाको बयानका आधारमा प्रहरीले झापाको काँकडभिट्टाबाट थप एक जनालाई समातेको हो । पक्राउ पर्नेमा भारत पश्चिम बंगाल राज्यको दार्जिलिङ जिल्ला नक्सालबारी थाना बस्ने कल्याणी बर्मन, राधा सिंह र वर्ष २४ को कल्याण बर्मन रहेका छन् ।

लागूऔषध नियन्त्रण ब्युरो कोटेश्वर, जिल्ला प्रहरी कार्यालय झापाको अनुसन्धान टोली र लागूऔषध नियन्त्रण ब्युरो काकरभिट्टाको संयुक्त टोलीले उनीहरुलाइ समातेको हो ।

एयरपोर्ट अगाडिबाट पक्राउ परेका महिलाको साथमा १९७ ग्राम ८०० मिलिग्राम ब्राउन सुगर फेला परेको झापा प्रहरीका प्रवक्ता डीएसपी खगेन्द्रप्रसाल रिजालले बताए । उनीहरु तीनै जनालाई झापा प्रहरीको हिरासतमा राखएिको छ ।

प्रकाशित मिति : १९ भाद्र २०८०, मंगलबार ००:००  १० : १७ बजे