२८ जेष्ठ २०८०, आइतबार | Sun Jun 11 2023

जेठ १४ मा कोसी प्रदेश सभाको बजेट अधिवेशन



माेरङ– कोसी प्रदेश सरकारले जेठ १४ गते बजेट अधिवेशन बोलाउने भएको छ । मन्त्रिपरिषद्को सोमबार बसेको बैठकले यस्तो निर्णय गरेको हो ।

सरकारले प्रदेश सभाको बजेट अधिवेशन बोलाउन प्रदेश प्रमुखलाई सिफारिस गर्ने निर्णय गरेको छ । मुख्यमन्त्रीका प्रेस सल्लाहकार महेन्द्र विष्टले बजेट अधिवेशन आव्हानका लागि प्रदेश प्रमुख समक्ष सिफारिस गर्ने निर्णय भएको बताए ।

मन्त्रिपरिषद्को निर्णयबारे मुख्यमन्त्री हिक्मतकुमार कार्कीले प्रदेश प्रमुख पर्शुराम खापुङलाई जानकारी गराएका छन् ।

प्रकाशित मिति : ८ जेष्ठ २०८०, सोमबार ००:००  ७ : १३ बजे