बिर्तामोड–द लिटिल प्रिन्स एन्ड प्रिन्सेस २०२३ सिनियर तर्फको उपाधि बिर्तामोड–७ निवासी जियाना भट्टराईले जितेकी छन् । भट्टराई वेल्स मोडेल स्कूलकी विद्यार्थी हुन् । उनी कक्षा ६ मा पढ्छिन् ।
ग्ल्यामरस नेपालले आयोजना गरेको प्रतियोगितामा २३ जना प्रतिस्पर्धी सहभागी थिए । आफ्ना २२ प्रतिस्पर्धीलाई उछिन्दै जियानाले उपाधि जितेकी हुन् । मेहनती स्वभावकी उनी पढाईमा पनि अब्बल छिन् ।
ग्ल्यामरस नेपाल बालबालिकाको क्षमता विकासमा सक्रिय रहँदै आएको छ ।
















