१५ बैशाख २०८१, शनिबार | Sat Apr 27 2024

ब्राउन सुगरसहित समातिए गौरादहका खत्री



बिर्तामोड-झापाको गौरादह–४ स्कूलचौनका निरज खत्री ब्राउन सुगरसहित पक्राउ परेका छन् । शुक्रवारराति प्रहरीले खत्रीलाई पक्राउ गरेको हो । स्कूलचौनबाट डुडामारीतर्फ जाँदै गर्दा खत्री समातिएको जिल्ल प्रहरी कार्यालय झापाले जनाएको छ ।

प्रहरी निरीक्षक ढुण्डीराज गिरीले घटनाको पुष्टि गर्दै खत्रीका साथमा २९ ग्राम ४६० मिलीग्राम ब्राउन सुगर भेटिएको बताए । मे ६ प ४७८० नम्वरको मोटरसाइकलमा सवार खत्रीलाई प्रहरी चौकी महारानीझोडाबाट खटिएको प्रहरी टोलीले शंका लागेर चेकजाँच गरेको थियो ।

घटनापछि खत्रीलाई इलाका प्रहरी कार्यालय दमकको हिरासतमा राखेर अनुसन्धान प्रक्रिया अगाडि बढाइएको छ ।

प्रकाशित मिति : २५ फाल्गुन २०८०, शुक्रबार ००:००  ६ : ५३ बजे