८ भाद्र २०८३, सोमबार | Mon Aug 24 2026

झापाकाे बुद्धशान्तिमा सालाेद्वारा भिनाजुकाे हत्या



बिर्तामाेड- झापाको बुद्धशान्तिमा गएराति आफ्नै सालोले हतियार प्रहार गरी भिनाजुको हत्या गरेका छन् ।

राति ११.२० बजेको समयमा बुद्धशान्ति– ५ बस्ने अन्दाजी ३५ वर्षीय रोशन अधिकारी र उनका भिनाजु सोही ठाउँ बस्ने अन्दाजी ४५ वर्षीय धनबहादुर कट्वालबीच घरायसी विवाद हुँदा रोशनले भिनाजु धनबहादुरलाई धारिलो हतियार खुकुरी तथा बाँसले टाउमा प्रहार गर्दा शरीरको विभिन्न भागमा चोट लागेर गम्भीर घाइते भएका थिए ।

उनलाई उपचारको लागि प्रादेशिक अस्पताल भद्रपुर पठाएकोमा उपचारका क्रममा आज बिहान १ः५५ बजे मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका डीएसपी खगेन्द्रप्रसाद रिजालले बताउनुभयो ।

घटनाबारे जानकारी प्राप्त हुनासाथ तत्काल ईलाका प्रहरी कार्यालय बुधबारेबाट टोली खटिगई धारिलो हतियार खुकुरी प्रहार गर्ने रोशनलाई खुकुरीसहित नियन्त्रणमा लिई ईप्रका बुधबारेमा ल्याई राखिएको डीएसपी रिजालले जानकारी दिएका छन् ।

प्रकाशित मिति : २३ कार्तिक २०८०, बिहिबार ००:००  १२ : ५२ बजे