काठमाडौँ– ठगी मुद्दाका एकजना थुनुवा बुधबार दिउँसो काठमाडौँ जिल्ला अदालत परिसरबाट फरार भएका छन् ।
ठगी अभियोगमा पक्राउ परेका बिमल खड्का हत्कडीसहित अदालत परिसरबाट फरार भएको जिल्ला प्रहरी परिसरका एसपी कुमोद ढुंगेलले बताए ।
प्रहरीले फरार थुनुवाको खोजी जारी रहेको जनाएको छ ।


















