१० चैत्र २०८१, सोमबार | Tue Mar 25 2025

गौहत्याबिरुद्ध धरान जान लागेकाे टाेलीलाई प्रहरीले झापामै राेक्याे



बिर्तामाेड-गौहत्याबिरुद्ध प्रदर्शनका लागि धरान जान लागेका दुईवटा गाडीका प्रदर्शनकारीहरुलाई प्रहरीले झापाको चारपानेमा रोकेको छ ।

धरान जान नपाएपछि उनीहरुले चारपानेमा नै प्रदर्शन गरेका छन् । धरान जान लागेका दुईवटा गाडीलाई केहीबेर चारपानेमा होल्ड गराएको इलाका प्रहरी कार्यालय बिर्तामोडका डीएसपी सुरज कार्कीले बताए ।

उनले केहीबेर होल्ड गरेर गाडी छोडिदिएको जानकारी दिए ।

प्रकाशित मिति : ९ भाद्र २०८०, शनिबार ००:००  ११ : ५४ बजे