१५ बैशाख २०८१, शनिबार | Sat Apr 27 2024

रोकिराखेको ट्रकसँग बस ठोक्किदा सात जनाको मृत्यु, २५ जना घाइते



झापा-रोकिराखेको ट्रकसँग बस ठोक्किदा बाँकेमा चालकसहित सात जनाको मृत्यु भएको छ । बाँकेको राप्ती सोनारी गाउँपालिका शमशेरगञ्जमा भएको दुर्घटनामा २५ जना घाइते भएका छन् ।

दाङबाट नेपालगञ्जतर्फ गइरहेको ना ७ ख २३२१ नम्बरको बस शमशेरगञ्जमा पूर्वपश्चिम राजमार्ग किनारमा रोकिराखेको ना ८ ख ६४०५ नम्बरको ट्रकमा पछाडिबाट ठोक्किएको हो ।

कोहलपुरका डीएसपी सुन्दर तिवारीले गएराति नौ बजे भएको दुर्घटनामा सात जनाको मृत्यु भइसकेको बताए । घाइतेहरुको बाँकेको कोहलपुर मेडिकल कलेजमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : २३ भाद्र २०८०, शनिबार ००:००  ७ : १९ बजे