१५ बैशाख २०८१, शनिबार | Sat Apr 27 2024

पार्टीविरुद्ध प्रचार गर्नेको अभिलेख राख्न काङ्ग्रेस नेता विश्वकर्माको निर्देशन



बिर्तामोड-नेपाली काङ्ग्रेसका केन्द्रीय सदस्य एवम् प्रचार विभाग प्रमुख मीन विश्वकर्माले पार्टीका विरुद्ध नकारात्मक प्रचार–प्रसार गर्नेहरुको अभिलेख राख्न तहगत समितिलाई निर्देशन दिएका छन् ।

आन्तरिक विशेष अभियान २०८० अन्तरगत झापा जिल्लास्तरीय कार्यक्रमलाई सम्बोधन गर्दै विश्वकर्माले यस्तो निर्देशन दिएका हुन् ।

‘घोषणा गरेर पार्टी छोड्दा असर नपुग्ने जनाउँदै नेता विश्वकर्माले पार्टीभित्रै बसेर कुप्रचार गर्ने एवम् अन्य शक्तिलाई सहयोग गर्नाले पार्टी खतरामा पर्ने बताए ।

गाउँ सेवा दल गठन गरेर पार्टी कार्यकर्तालाई सामाजिक सेवामा खटाउन मातहत निकायलाई उनले आग्रह पनि गरेका छन् ।

प्रकाशित मिति : ३० श्रावण २०८०, मंगलबार ००:००  ८ : १३ बजे