१५ बैशाख २०८१, शनिबार | Sat Apr 27 2024

कोशीका मुख्यमन्त्रीको सम्पत्ति : १५ तोला सुन र आठ लाख बचत



झापा- कोशी प्रदेशका मन्त्रीहरूको सम्पत्ति विवरण सार्वजनिक भएको छ। प्रदेश मन्त्रिपरिषद्को वेबसाइटमा बुधबार सम्पत्ति विवरण अपलोड गरिएको हो ।

कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीसँग १५ तोला सुन रहेको विवरणमा उल्लेख छ । त्यस्तै, ८० तोला चाँदी रहेको उल्लेख छ। सुन तथा चाँदीको स्रोतको रुपमा विवाह, उपहार तथा खरिद भनिएको छ।

विभिन्न व्यक्तिका नाममा कृषि विकास बैंक तथा एभरेष्ट बैंकमा गरी ७ लाख ९४ हजार ७४२ रुपैयाँ बचत रहेको सम्पत्ति विवरणमा उल्लेख छ।

मुख्यमन्त्री कार्कीकी श्रीमती शान्तादेवी बस्नेतको नाममा रहेको ०-१-१२ क्षेत्रफलको जग्गामा घर रहेको उल्लेख छ । त्यसको स्रोतको रुपमा पैतृक सम्पत्ति बेचबिखन तथा जागिर भनिएको छ ।

बस्नेत सहित परिवारका सदस्यका नाममा विभिन्न ५२ वटा संस्थामा सेयर रहेको पनि सम्पत्ति विवरणमा उल्लेख छ।

प्रकाशित मिति : ४ माघ २०८०, बिहिबार ००:००  १ : ५९ बजे