जिल्ला अदालत काठमाडौंले क्रिकेटर सन्दीप लामिछानेलाई बलात्कार आरोपमा दोषि ठहर गरेको छ । न्यायाधीश शिशिरराज ढकालको इजलासले नाबालिका बलात्कारको आरोप लागेका क्रिकेटर लामिछानेलाई दोषी ठहर गरेको हो ।
अदालतले उनीमाथिको आरोप पुष्टि हुने फैसला गरेको छ । ३ वर्षभन्दा बढी कैद सजाय हुने मुद्दामा कसुर निर्धारणका लागि छुट्टै सुनुवाइ गर्नुपर्ने भएकाले उनलाई कति वर्ष कैद सजाय हुने भन्ने तोकिएको छैन ।
त्यसका लागि फेरि छुट्टै सुनुवाइ हुने भएकाले छ । न्यायाधीश ढकालको इजलासमै हुने सुनुवाइले लामिछानेमाथिको कैद, जरिवाना र क्षतिपूर्ति निर्धारण गर्नेछ ।