१५ बैशाख २०८१, शनिबार | Sat Apr 27 2024

राज्य व्यवस्था समितिले बोलायो गृहमन्त्री !



काठमाडौँ-प्रतिनिधि सभाको राज्य व्यवस्था तथा सुशासन समितिले गृहमन्त्री रवि लामिछानेलाई छलफलका लागि बोलाएको छ ।

गृह मन्त्रालयको काम कारबाहीका विषयमा छलफल गर्न समितिले उपप्रधानमन्त्री समेत रहेका गृहमन्त्री लामिछानेलाई बोलाएको हो । समितिमा कांग्रेस नेता रामहरी खतिवडा सभापति छन् ।

समितिको बुधबार बिहान ११ बजे बैठकमा गृहमन्त्री लामिछानेलाई बोलाइएको छ। गृह मन्त्रालयसँग सम्बन्धित समसामयिक विषयमा छलफल गर्ने कार्यसूचीसहित उनलाई बोलाइएको हो ।

समितिका सचिव सुरज कुमार दुराले गृह मन्त्रालयको काम कारबाहीका विषयमा छलफल गर्न गृहमन्त्री लामिछानेलाई बोलाइएको लागिएको जानकारी दिए ।

प्रकाशित मिति : १३ चैत्र २०८०, मंगलबार ००:००  ५ : ५१ बजे