२९ बैशाख २०८२, सोमबार | Tue May 13 2025

पाथिभरा मन्दिरको १७८ तोला सुन बिक्री गरिँदै



ताप्लेजुङ-पाथिभरा मन्दिरमा भक्तजनले चढाएको सुन चाँदी लिलाम गरिने भएको छ। पाथिभरा क्षेत्र विकास समितिले सुन र त्यहाँ रहेको चाँदी बिक्री गर्ने प्रक्रिया सुरु गर्न लागेको हो।

समितिका अनुसार भक्तजनले पाथिभरामा १७८ तोला सुन र ५ हजार तोला चाँदी चढाएका छन् । २०७९ देखि २०८० मङ्सिरसम्म चढाइएका सुनका गरगहना सङ्कलनपछि प्रशोधन गरेर सुन निकालिएको हो ।

पाथिभरा क्षेत्र विकास समितिका कार्यकारी निर्देशक प्रचीन हाङपाङले सङ्कलन भएको सुन चाँदी बिक्री गर्ने प्रारम्भिक प्रक्रिया सुरु गरिएको जानकारी दिए ।

समितिले सुनको मूल्य प्रतितोला १ लाख २१ हजार र चाँदीको मूल्य प्रतितोला १४१० रुपैयाँ कायम गरेको छ। सुनचादी खरिद गर्न इच्छुक फर्म वा व्यक्तिलाई २१ दिनको समय दिएर बोलपत्र समेत आह्वान गरिएको समितिले जनाएको छ ।

प्रकाशित मिति : २३ फाल्गुन २०८०, बुधबार ००:००  ८ : ३६ बजे