८ बैशाख २०८१, शनिबार | Sat Apr 20 2024

झापा प्रहरीद्वारा फरार दुई अभियुक्त पक्राउ



बिर्तामाेड– जिल्ला प्रहरी कार्यालय झापाले दुई जना फरार अभियुक्तलाई पक्राउ गरेको छ । जिल्ला अदालत झापाले दोषी ठहर गरेका ती अभियुक्त मंगलबार पक्राउ परेका हुन् ।

पक्राउ पर्नेमा झापाको अर्जुनधारा-११ का ४६ वर्षीय सागर दाहाल र झापाको बाह्रदशी गाउँपालिका-६ का करण भनिने नगेन्द्र चौधरी छन् ।

अदालतको फैसला कार्यान्वयनका लागि खटिएको प्रहरी टोलीले ती दुई अभियुक्तलाई पक्राउ गरेको झापा प्रहरीका प्रवक्ता डीएसपी खगेन्द्रप्रसाद रिजालले जानकारी दिए ।

प्रहरीका अनुसार दाहाल कैदी भागे भगाएको सम्बन्धी मुद्दाका अभियुक्त हुन् ‌‌। उनलाई अदालतले दुई सय रुपैयाँ जरिवानासहित दुई महिना कैद सजाय हुने फैसला गरेको थियो । प्रहरीले पठाएको विवरणअनुसार दाहाल १५ वर्षदेखि फरार थिए ।

चाेरी मुद्दाका अभियुक्त चौधरीलाई अदालतले एक वर्ष छ महिना कैद र ७५ हजार रुपैयाँ जरिवानाको फैसला सुनाएको थियो । उनी दुई वर्षदेखि फरार रहँदै आएका थिए ‌।

प्रकाशित मिति : ९ जेष्ठ २०८०, मंगलबार ००:००  ८ : २३ बजे