१५ बैशाख २०८१, शनिबार | Sat Apr 27 2024

लोकतान्त्रिक व्यावसायिक प्यानलद्वारा न्यौपानेको नेतृत्वमा उम्मेदवारी घोषणा



बिर्तामाेड-नेपाली कांग्रेसनिकट लोकतान्त्रिक व्यावसायिक प्यानलले बिर्तामोड उद्योग वाणिज्य सङ्घको आसन्न निर्वाचनका लागि राजु न्यौपानेको अध्यक्षतामा उम्मेदवारी घोषणा गरेको छ ।

सङ्घको सभाहलमा मङ्गलबार आयोजित कार्यक्रमका बीच लोकतान्त्रिक व्यावसायिक प्यानलले तामझामका साथ उम्मेदवारी घोषणा गरेको हाे ।

प्यानलको तर्फबाट वरिष्ठ उपाध्यक्षमा सञ्जीव घिमिरे, उद्योग उपाध्यक्षमा विशाल थापा, वाणिज्य उपाध्यक्षमा जीवनकुमार खड्का र जनसम्पर्क उपाध्यक्षमा राधिका चुडाल चुनावी मैदानमा उत्रिएका छन् ।

महासचिवमा कुशल खतिवडा, उद्योग सचिवमा पुकार बराल, वाणिज्य सचिवमा राजकुमार साह, कोषाध्यक्षमा दीपक मित्तल र सह कोषाध्यक्षमा तिलोत्तमा खत्री उम्मेदवार छन् ।

सदस्यहरूमा योगेश शर्मा भट्टराई, दिनेश श्रेष्ठ, अनन्तलाल महतो, रमेश घिमिरे, अरुण जैन, डिल्ली कोइराला, श्यामकृष्ण पाठक, महिला सदस्यमा सुशीला बस्नेत र निशा गुप्तालाई उम्मेदवार घोषणा गरिएको छ ।

नेपाली कांग्रेस बिर्तामोड नगर सभापति भोजराज सिटौलाको अध्यक्षता र जिल्ला सभापति देउमान थेवेको प्रमुख आतिथ्यमा आयोजित कार्यक्रममा पूर्व अध्यक्ष बलराम कार्कीले उम्मेदवारको नाम घोषणा गर्नुभएको थियो ।

प्रकाशित मिति : १ फाल्गुन २०८०, मंगलबार ००:००  ८ : ४१ बजे