१५ बैशाख २०८१, शनिबार | Sat Apr 27 2024

अमेरिकी सेनाको टोली आज नेपाल आउँदै



झापा-अमेरिकी सेनाको टोली आज नेपाल आउने भएको छ । नेपाली सेनासँगको संयुक्त अभ्यासका लागि १२ सदस्यीय टोली नेपाल आउन लागेको हो ।

भक्तपुरको नगरकोटमा संयुक्त अभ्यास हुनेछ । ४० औं संस्करणको संयुक्त सैन्य अभ्यास भदौ २४ गतेदेखि सुरु भई असोज १२ गते सकिने छ ।

नेपाली सेनाका सूचना अधिकारी कृष्णप्रसाद भण्डारीले अमेरिकाबाट जुनियर लेभलका बिल्लादार सैनिक आज दिउँसो बन्दोबस्तीका सामानसहित अमेरिकी सेनाकै विमानबाट काठमाडौं आउन बताए ।

प्रकाशित मिति : २१ भाद्र २०८०, बिहिबार ००:००  ९ : ४८ बजे