१७ मंसिर २०८०, आइतबार | Mon Dec 4 2023

पत्रकार धम्क्याउनेलाई कार्वाहीको दायरामा ल्याउन माग



झापा-नेपाल पत्रकार महासंघ झापाले पत्रकार गञ्जबहादुर दाहाल र घनश्याम भण्डारीलाई धम्की दिने सहकारी सञ्चालक संकल्प लिङ्देनलाई कार्वाहीको दायरामा ल्याउन माग गरेको छ ।

समाचारको विषयलाई लिएर पत्रकार दाहाल र भण्डारीलाई लिङदेनले पटक–पटक धम्की दिएको जनाउँदै महासंघले लिङ्देनमाथि कानुनी कार्वाही हुनु पर्ने माग राखेको हो ।

पत्रकार महासंघ झापाका सचिव डिकेश लामाले प्रकाशित समाचारको विषयमा कानुनी उपचार खोज्ने विकल्प हुँदाहुँदै लिङ्देनले पत्रकारलाई धम्क्याएको बताए ।

स्वतन्त्र पत्रकारितामाथि लिङ्देनले ज्यादती गरेको सचिव लामा बताउँछन् । दाहालको सम्पादनमा प्रकाशित पूर्व सन्देश दैनिकले बचतकर्ताको रकम गायव शीर्षकमा असोज १३ गते समाचार छापेको थियो ।

समाचारको विषयलाई लिएर फाल्गुनन्द बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष लिङ्देनले सम्पादक दाहाललाई आफ्नै कार्यालयमा बोलाएर धम्की दिएको महासंघका सचिव लामाले जानकारी दिए ।

प्रकाशित मिति : १९ आश्विन २०८०, शुक्रबार ००:००  ८ : ५२ बजे