१५ बैशाख २०८१, शनिबार | Sat Apr 27 2024

सहमतिका आधारमा झापाको नेतृत्व चयन गर्न एमाले अध्यक्ष ओलीको निर्देशन



बिर्तामोड-नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टीको निर्वाचन प्रक्रियालाई खर्चिलो नबनाउन निर्देशन दिनुभएको छ ।

नेकपा एमाले झापाको ११ औँ जिल्ला अधिवेशनलाई बिहिबार बिर्तामोडमा सम्बोधन गर्दै एमाले अध्यक्ष ओलीले यस्तो निर्देशन दिनुभएको हो ।

अध्यक्ष ओलीले सहमतिका आधारमा पार्टीको नयाँ नेतृत्व चयन गर्न पनि निर्देशन दिनुभयो । एमाले झापाको अधिवेशनले नयाँ नेतृत्व चयन गर्दैछ ।

एमाले अध्यक्ष ओलीले सबै आकांक्षीलाई सम्बोधन गर्न नसकिए पनि पार्टीको जिल्ला नेतृत्व उत्कृष्ट निर्माण अगाडि बढ्न निर्देशन दिनुभयो ।

प्रकाशित मिति : १६ चैत्र २०८०, शुक्रबार ००:००  ७ : ५० बजे