१५ बैशाख २०८१, शनिबार | Sat Apr 27 2024

नाै करोड जरिवाना तोकिएका थापा पक्राउ



झापा-बैंकिङ कसुर मुद्दामा ९ करोडभन्दा बढी जरिवाना तोकिएका एकजनालाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेमा काभ्रेपलाञ्चोक पनौती नगरपालिका-६ घर भएका ६७ वर्षीय रामभक्त थापा छन्।

नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले बैंकिङ कसुर मुद्दामा ९ करोड ७ लाख ६ हजार ३७८ रूपैयाँ जरिवाना तोकिएका थापालाई पक्राउ गरी आइतबार सार्वजनिक गरेको हो।

ब्युरोका प्रहरी उपरीक्षक होविन्द्र बोगटीले बैंकिङ कसुर मुद्दामा थापालाई तीन वर्ष कैद सजाय समेत तोकिएको जानकारी दिनुभयो । थापालाई कोटेश्वरबाट पक्राउ गरिएको हो ।

कम्पनीका नक्कली कागजात बनाएर थापाले कर्जा लिएको खुलेको छ । २०७१ वैशाख २९ गते पुनरावेदन अदालत पाटनले थापालाई कैद सजाय र बिगो बमोजिम जरिवानाको फैसला सुनाएको थियो। थापा फरार रहँदै आएका थिए।

प्रकाशित मिति : २८ माघ २०८०, आइतबार ००:००  ८ : २४ बजे