१५ बैशाख २०८१, शनिबार | Sat Apr 27 2024

पत्रकार उपचार कोषलाई दुई लाख सहयोग



बिर्तामोड-कतारमा स्थापित नेपाली व्यवसायी महेन्द्रप्रसाद चम्लागाईंले झापाली पत्रकारको उपचारका लागि दुई लाख रुपैयाँ सहयोग गरेका छन् ।

नेपाल पत्रकार महासंघ झापाले स्थापना गरेको पत्रकार सहारा उपचार कोषलाई चौलागाईंले दुई लाख एक रुपैयाँ सहयोग गरेका छन् हुन् ।

महासंघ झापाका अध्यक्ष एकराज गिरीले कतारबाटै चम्लागाईंले उक्त रकम जम्मा गरिदिएको बताए ।

झापा बाह्रदशी ७ का वासिन्दा चम्लागाईं अन्तर्राष्ट्रिय झापाली समाजका उपाध्यक्ष हुन् । उनी २७ वर्षदेखि सपरिवार कतारमै वस्दै आएका छन् ।

पत्रकार उपचार कोषमा हाल करिब ७५ लाख जम्मा भएको छ । कोषलाई १ करोड पुर्याउन सहयोगका निम्ति महासंघले सबैमा अपिल गरेको छ ।

प्रकाशित मिति : २८ श्रावण २०८०, आइतबार ००:००  १ : १२ बजे