२ असार २०८२, सोमबार | Tue Jun 17 2025

काँकडभिट्टाबाट ब्राउन सुगरसहित सुनसरीका युवक पक्राउ



काँकडभिट्टा– पूर्वीनाका काँकडभिट्टाबाट प्रहरीले सुनसरीका दुई युवकलाई ब्राउन सुगरसहित पक्राउ गरेको छ । भारतबाट नेपाल आउँदै गरेका ती युवक शनिबार अपरान्ह समातिएका हुन् ।

पक्राउ पर्नेमा सुनसरीको धरान उपमहानगरपालिका-५ का थामबहादुर बिक र अर्जुन बिक रहेका छन् । उनीहरूका साथमा ८ ग्राम ब्राउन सुगर भेटिएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

शरीरको भित्री भागमा लुकाएर ल्याइएको ब्राउन सुगरसहित उनीहरूलाई लागूऔषध नियन्त्रण ब्युरो काँकडभिट्टाबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको हो । उनीहरुलाई काँकडभिट्टा प्रहरीको हिरासतमा राखिएको छ ।

प्रकाशित मिति : १२ फाल्गुन २०८०, शनिबार ००:००  ९ : २८ बजे