७ आश्विन २०८०, आइतबार | Mon Sep 25 2023

पूर्व मुख्यमन्त्री कार्कीले भने, ‘रवि लामिछाने र बालेन साह कस्मेटिक लिडर मात्रै हुन्’



झापा-कोसी प्रदेशका पूर्व मुख्यमन्त्री हिक्मतकुमार कार्कीले रवि लामिछाने र बालेन साह ‘कस्मेटिक लिडर’ मात्रै भएको बताएका छन् ।

सामाजिक सञ्जाल फेसबुकमा लेख्दै पूर्व मुख्यमन्त्री कार्कीले उनीहरु प्रचारात्मक र पपुलिष्ट क्यारेक्टर मात्रै भएको टिप्पणी गरेका हुन् ।

उनले फेसबुकमा लेखेका छन्, ‘माननीय रवि लामिछाने र मेयर बालेन शाहहरु भनेको देशको समस्या समाधानको विकल्प होइन । मात्रै कस्मेटिक लिडर हुन् । उनीहरु प्रचारात्मक र पपुलिष्ट क्यारेक्टर हुन् । हाम्रो भ्रम हामी वा समयले सफा गर्ने छ । धन्यवाद ।’

प्रकाशित मिति : १ भाद्र २०८०, शुक्रबार ००:००  १० : ०९ बजे