१७ मंसिर २०८०, आइतबार | Mon Dec 4 2023

इलाम बस दुर्घटनामा एक बालकसहित तीन जनाको मृत्यु



बिर्तामोड-इलामको कोल्वुङमा आइतवार साँझ भएको बस दुर्घटनामा ज्यान गुमाउनेको संख्या तीन पुगेको छ । एक बालकसहित तीन जनाको मृत्यु भएको प्रहरीले जनाएको हो ।

१२ वर्षीय बालक अर्पण लामाको घटनास्थलमा र अरु दुई महिलाको उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । मृत्यु हुनेमा धनुषाको धारापानीका शान्तमाया तामाङ र मनवती लामा रहेका छन् ।

इलामको कन्यामबाट झापातर्फ आउँदै गरेको ना ६ ख ८४२४ नम्बरको बस सडकबाट अन्दाजी ३०० मिटर तल खस्दा ३७ जना घाइते भएका थिए ।

प्रकाशित मिति : ४ मंसिर २०८०, सोमबार ००:००  ७ : ४० बजे