१५ बैशाख २०८१, शनिबार | Sat Apr 27 2024

झिलझिलेमा स्वर्ण लक्ष्मी सहकारीको स्वास्थ्य शिविर



शिवसताक्षी- स्वर्ण लक्ष्मी बचत तथा ऋण सहकारी संस्थाले शिवसताक्षीको झिलझिलेमा स्वास्थ्य शिविर सञ्चालन गरेको छ । स्वास्थ्य शिविरमा ८९ जनाले सेवा लिएका छन् ।

संस्थाले आफ्नो १५ औँ स्थापना दिवसको अवसर पारेर सदस्य शिक्षा र स्वास्थ्य शिविर सञ्चालन गरेको संस्थाका अध्यक्ष बुद्धिसागर बरालले जानकारी दिए ।

स्वास्थ्य शिविर अन्तरगत आँखा परीक्षणमा ६० जना र दन्त परीक्षणमा २९ जनाले सेवा लिएको संस्थाका व्यवस्थापक कमल कुमार घिमिरेले बताए ।

कार्यक्रममा संस्थाकोे हाल १ अर्व २१ करोड ५४ लाख बढीको कारोबार रहेको जानकारी गराइएको थियो । संस्थाले स्थापना दिवसको अवसर पारेर शिवसताक्षी ८ झिलझिले शाखामा उत्कृष्ट कारोबार गर्ने ५ जना सदस्यलाई सम्मान गरेको छ ।

सम्मानित हुनेहरुमा धनमाया न्यौपाने, रीता दमाई, तुलसा खरेल, सुनिता कार्की खड्का र सरोजकुमार खपाङ्गी रहेका छन् । कार्यक्रममा शिवसताक्षी उद्योग वाणिज्य संघका अध्यक्ष यामनाथ काफ्लेले सहकारीले समाजमा पुर्याएको योगदान भुल्न नहुने बताए ।

कार्यक्रममा संस्थाले सामाजिक उत्तरदायित्व बहन गर्दै दुधेस्थित राष्ट्रिय रमणीय आदर्श माध्यमिक विद्यालयका विपन्न तथा जेहेन्दार ३३ छात्र छात्रालाई स्कुल व्याग वितरण गरेको छ ।

प्रकाशित मिति : १० चैत्र २०८०, शनिबार ००:००  ७ : ३२ बजे