५ आश्विन २०८०, शुक्रबार | Fri Sep 22 2023

अर्जुनधारा जलेश्वर धामको विस्तारका लागि १० कठ्ठा जग्गा खरिद



बिर्तामोड-पूर्वको पशुपति नाथले परिचित झापाको अर्जुनधारा जलेश्वर धामको विस्तारका लागि जग्गा खरिद गरिएको छ । दानवीर दातासँगको समन्वय र भक्तजन समेतको सहभागितामा धामले जग्गा किनेको हो ।

अर्जुनधारा जलेश्वरधामका अध्यक्ष नवीन गट्टानी हालै मात्र धामको दक्षिणतर्फ १० कठ्ठा जग्गा किनिएको बताए । त्यसका लागि धामले एक करोड ३५ लाख रुपैयाँ खर्चिएको छ ।

एक वर्गफिट बरावर ३५० रुपैयाँ तोकेर सर्वसाधारण भक्तजन समेतको सहयोगमा उक्त जग्गा किनिएको अध्यक्ष गट्टानीले बताए । धाम परिसरलाई अझै विस्तारै गर्दै फराकिलो बनाउने लक्ष्य राखिएको छ ।

प्रकाशित मिति : २ श्रावण २०८०, मंगलबार ००:००  ७ : ३६ बजे