१५ आश्विन २०८०, सोमबार | Tue Oct 3 2023

भारतसँग एकलाख टन चामल माग्दै सरकार



बिर्तामोड- सरकारले भारतसँग चामल मागेको छ । चाडपर्वका बेला अभाव हुनसक्ने सम्भावनाका बीच नेपाल सरकारले भारतसँग चामल मागेको हो ।

उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री रमेश रिजालले एक लाख टन चामल माग गर्दै भारतलाई पत्राचार गरिएको बताए । भारतले चामल निर्यातमा प्रतिवन्ध लगाए लगत्तै नेपाली बजारमा चामलको भाउ आकासिएको छ ।

नेपालले चामलसँगै ५० हजार टन चिनी र पाँच हजार टन धान आपूर्ति गरिदिन भारतलाई पत्राचार गरेको मन्त्री रिजालले जानकारी दिए ।

प्रकाशित मिति : ३१ श्रावण २०८०, बुधबार ००:००  ५ : १० बजे