१५ बैशाख २०८१, शनिबार | Sat Apr 27 2024

बिर्तामोडमा ओली वंशका छोरी बुहारीको तीज मिलन



बिर्तामोड- ओली वंश समन्वय समिति झापाले छोरी बुहारी तीज मिलन कार्यक्रम आयोजना गरेको छ । आपसी सद्भाव र भाइचाराका लागि समितिले तीज मिलन कार्यक्रम आयोजना गरेको हो ।

कार्यक्रममा ओली बंश समन्वय समितिका केन्द्रीय बरिष्ठ उपाध्यक्ष शिक्षासेवी जगदीशप्रसाद ओलीले तीज मिलन समारोहले चेली बेटीको मिलन मात्रै नगराएर आफ्नो जातिय सस्कांरलाइ समेत बचाउन सहज हुने बताए ।

तीज मिलन समारोहमा बालान नृत्य, सगिंनी नृत्य प्रस्तुत गरिएको थियो । तीज मिलन समारोहमा सहभागी चेली तथा बुहारीलाई ओली बशंका माइतीबाट चुरा पोते, माला लगायतका मायाको चिनो दिइएको थियो ।

कार्यक्रम सरिता ओलीको अध्यक्षतामा भएको थियो । सह संयोजक निरु ओलीले स्वागत गरेको कार्यक्रममा केन्द्रिय सदस्य तारा ओली, सुनिता ओली, झापा अध्यक्ष भवानी ओली, महासचिव मोहन ओलीले शुभकामना मन्तव्य राखेका थिए ।

तीजको अवसर पारेर ओली भवनको केन्द्रिय कार्यलयमा अगर उडको विरुवा समेत रोपिएको प्रचार विभाग प्रमुख राजकुमार ओलीले बताए ।

प्रकाशित मिति : १६ भाद्र २०८०, शनिबार ००:००  ५ : ०९ बजे