१५ बैशाख २०८२, सोमबार | Mon Apr 28 2025

छोरीको मुख पनि हेर्न नपाई संसारबाट बिदा भइन् सिर्जना



बिर्तामोड- हुने हार दैव नटार । मनमोहन अस्पतालमा प्रसुतिका लागि भर्ना भएकी झापा बिर्तामोड १ की सिर्जना संग्रौला सदाका लागि धरतीबाट बिदा भएकी छन् । शल्यक्रिया सफल भए पनि प्रेसर बढेर ब्रेन ह्यामरेज भएपछि सिर्जना कहिल्यै नफर्किने बाटोमा गएकी हुन् ।

नौ महिना आफ्नै पेटमा खेलेको नवजात शिशुको अनुहार समेत राम्रोसँग हेर्न नपाई सिर्जनाको इहलीला समाप्त भएको छ ।

आफन्तका अनुसार चिकित्सकीय लापरवाहीका कारण सिर्जनाको ज्यान गएको हो । उनको मृत्युको घटनाले घर परिवार, छिमेकी र आफन्त शोकमा डुवेका छन् ।

बुधवार अपरान्ह बिर्तासिटी अस्पतालका चिकित्सकले उनलाई मृत घोषणा गरेका थिए । सघन उपचार कक्षमा चिन्ताजनक अवस्थामा उनको उपचार भइरहेको थियो ।

सिर्जनाको निधनपछि नवजात शिशु (छोरी) हुर्काउने गम्भीर र जटिल जिम्मेवारी परिवारमा छ । बुधवार साँझ जातिय परम्परा र संस्कृति अनुसार झापाको कनकाई माईमा सिर्जनाको अन्तिम दाह संस्कार गरिएको छ ।

अकल्पनीय घटनाको सामना गर्नु पर्दा उनको परिवार र माइती पक्ष विक्षिप्त भएको छ । साथीभाई सबै मलिन् छन् । दाह संस्कारमा सहभागी मलामीजनको मन पनि भक्कानिएको छ ।

प्रकाशित मिति : ३१ श्रावण २०८०, बुधबार ००:००  ९ : २७ बजे