झापा– कोसी प्रदेश सरकारले ताप्लेजुङको फुङलिङ नगरपालिकालाई एक थान दमकल र एउटा पिकअप भ्यान सहयोग गरेको छ । विपद् प्रतिकार्यमा प्रयोग गर्न ती साधन दिइएको हो ।
कोसी प्रदेश सरकारका मुख्यमन्त्री उद्धव थापाले दुवै सवारी साधनको कागजपत्र नगरपालिकाका प्रमुख अमिर मादेन र उपप्रमुख हिमादेवी ओझालाई हस्तान्तरण गरेका हुन् ।
आगलागी तथा अन्य विपद् प्रतिकार्यका लागि प्रदेश सरकारले मुख्यमन्त्री अत्यावश्यक सेवा केन्द्र स्थापना गरी आवश्यक औजार, उपकरण र सामग्रीको व्यवस्थापन गर्दै आएको छ ।
मन्त्रालयले ७३ लाख ५० हजार रुपियाँ मूल्य पर्ने आधुनिक अग्नि नियन्त्रक (दमकल) र दुई वर्ष अगाडि खरिद गरेको पिकअप भ्यान फुङ्लिङ नगरपालिकालाई दिएको हो ।