१५ बैशाख २०८१, शनिबार | Sat Apr 27 2024

युवा उद्योगी श्रेष्ठ सम्मानित



भद्रपुर- युवा उद्यमी उज्वल श्रेष्ठ सम्मानित भएका छन् । श्रेष्ठलाई राष्ट्रिय युवा संघ भद्रपुर नगर कमिटीले आइतबार आयोजित समारोहका बीच श्रेष्ठलाई प्रेरक युवा उद्यमीका रुपमा सम्मान गरेको हो ।

समारोहका प्रमुख अतिथि राष्ट्रिय युवा संघका केन्द्रीय अध्यक्ष क्षितिज थेवेले श्रेष्ठलाई दोसल्ला ओढाएर सम्मानपत्र प्रदान गरेका छन् ।

दुई दशकभन्दा लामो समयदेखि उद्योग–व्यवसाय क्षेत्रमा लागेका श्रेष्ठले आफ्ना बुबा यमबहादुर श्रेष्ठले सञ्चालन गरेको उद्योग–व्यवसायलाई निरन्तरता दिइरहेका छन् ।

प्रकाशित मिति : १० भाद्र २०८०, आइतबार ००:००  ८ : १८ बजे