झापा-बैकिङ कसुरका एकजना फरार अभियुक्तलाई झापा प्रहरीले पक्राउ गरेको छ । अदालतको फैसला कार्यान्वयनका लागि खटिएको प्रहरी टोलीले झापाको अर्जुनधारा ६ घर भएका ३७ वर्षीय तुलसी फूयललाई पक्राउ गरेको हो ।
बैकिङ कसुर मुद्दाका अभियुक्त फूयललाई उच्च अदालत विराटनगरको इलाम इजलासले २०७९ चैत ८ गते एक महिना कैद सजाय, एक करोड रुपैयाँ जरिवाना र पीडित राहत कोषमा चार लाख रुपैयाँ जम्मा गर्नु पर्ने फैसला गरेको थियो ।
पक्राउ परेका फूयललाई मंगलवार अदालतमा पेश गरिएको र आदेश अनुसार कैद सजाय भुक्तानका लागि जिल्ला कारागार चलान गरिएको झापा प्रहरीका प्रवक्ता डीएसपी खगेन्द्रप्रसाद रिजालले बताए ।
















