१७ मंसिर २०८०, आइतबार | Mon Dec 4 2023

भूकम्पले ठूलो मानवीय क्षति : उद्दार र राहतमा जुट्न प्रधानमन्त्रीको निर्देशन



झापा-जाजरकोटमा शुक्रबारराति गएको भूकम्पमा ठूलो मानवीय र भौतिक क्षति भएको छ । प्रधानमन्त्री पुष्पकमल दाहालले तीनवटै सुरक्षा निकायलाई उद्दार र राहतमा सक्रिय रुपमा जुट्न निर्देशन दिएका छन् ।

प्रधानमन्त्रीले घाइतेहरुको तत्काल राहत र उद्धारका लागि सबै संयन्त्रहरुलाई सक्रिय गर्न भनेका छन् । रातिको घटना भएकाले धेरै क्षति भएको हुनसक्न आँकलन छ । घाइतेहरुको तत्काल उद्धारका लागि सुरक्षाका तीनवटै निकाय परिचालन भएका छन् ।

घाइतेहरूको उद्धारका लागि शनिबार बिहानै औषधि, स्वास्थ्यकर्मी र हेलिकप्टर पठाउने तयारी भइरहेको हेलो सरकारले जानकारी दिएको छ । प्रधानमन्त्री दाहालले उक्त घटनाप्रति दुःख व्यक्त गरेका छन् ।

जाजरकोटको रामीडाँडा केन्द्रविन्दु भएर शुक्रबार राति ११ः४७ मा भूकम्प गएको हो । घटनामा ५१ जना भन्दाबढीको मृत्यु भएको पछिल्लो विवरण प्राप्त भएको छ ।

प्रकाशित मिति : १८ कार्तिक २०८०, शनिबार ००:००  ४ : ४५ बजे