१५ बैशाख २०८१, शनिबार | Sat Apr 27 2024

भारतले नेपाललाई दियो १५ मुर्रा राँगा



झापा-भारतबाट उन्नत जातको १५ वटा मुर्रा राँगा बुधबार नेपाल ल्याइएको छ । नेपाल–भारतबीच कृषि तथा पशुपक्षीको क्षेत्रमा भएको पूर्वसमझदारी अनुसार ती राँगा नेपाल ल्याइएको हो ।

नेपालगञ्जको जमुनाहा नाका भएर ती मुर्रा राँगा नेपाल भित्रिएका हुन् । गत जेठमा भएको प्रधानमन्त्री पुष्पकमल दाहालको भारत भ्रमणका क्रममा भारतले अनुदानमा मुर्रा राँगा दिने बताएको थियो ।

पूर्वसहमति अनुसार तीनवटा नेपालगञ्ज, पाँचवटा लहान र सातवटा पोखराको पशु क्वारेन्टिन शाखामा राखिने नेपालगन्ज पशु क्वारेन्टिन शाखा कार्यालयका प्रमुख डा. विनयकुमार कर्णले बताए ।

प्रकाशित मिति : ७ मंसिर २०८०, बिहिबार ००:००  ८ : ५० बजे