बिर्तामोड-नेकपा एमालेको केन्द्रीय सचिवालय बैठक स्थगित भएको छ । सिराहामा आयोजना गरिएको सचिवालय बैठक स्थगित गरिएको हो । भदौ ९ गतेका लागि बैठक आह्वान गरिएको थियो ।
अविरल वर्षा र बाढीका कारण सचिवालय बैठक स्थगित गरिएको एमाले केन्द्रीय प्रचार तथा प्रकाशन विभागका प्रमुख राजेन्द्र गौतमले बताए । ‘विशेष बैठक प्रतिकूल मौसमका कारण स्थगन भएको छ’, उनले भने ।
तत्कालीन नेकपा मालेको चौथो राष्ट्रिय महाधिवेशन आयोजना गरिएको ऐतिहासिकस्थल सर्रे अम्बासमा एमालेले बैठक आयोजना गरेको थियो ।