ओखलढुङ्गा-जिल्ला अदालत ओखलढुंगाले स्थानीय एक विद्यालयका प्रधानाध्यापकलाई नौ महिनाको कैद सजाय सुनाएको छ । मोलुङ गाउँपालिका–२ स्थित गणेश माविका प्रधानाध्यापक योगेन्द्रप्रसाद धमलालाई अदालतले उक्त सजाय सुनाएको हो ।
बाल यौन दुर्व्यवहार मुद्दामा अदालतले प्रधानाध्यापक धमलालाई नौ महिना कैद सजाय सुनाएको श्रेस्तेदार बिनोदकुमार घिमिरेले बताए ।
दुई छात्रालाई यौन दुर्व्यवहार गरेको कसुरमा धमलाविरुद्ध मुद्दा दायर भएको थियो । दायर मुद्दामा न्यायाधीश टीकाराम आचार्यको इजलासले उक्त सजायसुनाएको हो ।
अदालतले ५० हजार क्षतिपूर्ति र २० हजार जरिवाना असुल उपर गर्नुपर्ने फैसला पनि गरेको छ ।