८ भाद्र २०८३, सोमबार | Mon Aug 24 2026

चुनावका बेला हल्ला गर्नेले जित्दैनन् : न्यौपाने



झापा- बिर्तामोड उद्योग वाणिज्य संघको फागुन १४ गते हुने निर्वाचनमा लोकतान्त्रिक व्यवसायिक समूहका तर्फबाट अध्यक्ष पदका उम्मेद्वार राजु न्यौपानेले विगतका कामको मूल्याङकन गर्न आग्रह गरेका छन् । व्यवसायीका हक अधिकारका लागि लड्नेलाई मतदाताले मूल्याङुकन गर्ने न्यौपानेको विश्वास छ ।

चुनावको बेलामा हल्ला गर्नेहरुले निर्वाचन नजित्ने भन्दै उनले व्यवसायीका मुद्दामा सबैभन्दा अगाडि को थियो भन्ने विषयमा मतदाता सचेत रहनु पर्ने बताए । आर्थिक मन्दीका कारण धेरै सटरहरु खाली बन्दै गइरहेका बेला स्थानीय सरकारले विपक्षीहरुलाई समर्थन गरेकोप्रति न्यौपानेको आक्रोश छ ।

स्थानीय सरकारले लागू गरेको करका विषयमा सबैभन्दा धेरै आवाज आफूले उठाएको न्यौपानेको दावी छ । बिर्तामोडमा सबै खाले व्यवसायी रहेकाले उनीहरुको संरक्षण र अधिकारका लागि आफूहरुले मात्रै बोल्न सक्ने न्यौपानेको जिकिर छ ।

प्रकाशित मिति : १२ फाल्गुन २०८०, शनिबार ००:००  १२ : २६ बजे