१५ बैशाख २०८१, शनिबार | Sat Apr 27 2024

दुईवटा मोटरसाइकल ठोक्किँदा तीन जनाको मृत्यु




झापा-सिराहामा बुधवार साँझ दुईवटा मोटरसाइकल ठोक्किँदा तीन जनाको मृत्यु भएको छ । सिराहाको हुलाकी राजमार्गमा भएको घटनामा एक जना घाइते भएका छन् ।

सिराहाको अर्नामा गाउँपालिका–५ का २७ वर्षीय दिनेशकुमार यादव, ३२ वर्षीय रामवृक्ष यादव र १९ वर्षीय मुकेशकुमार सिंहको मृत्यु भएको प्रहरीले जनाएको हो ।

जिल्ला प्रहरी कार्यालय सिराहाका प्रवक्ता डीएसपी रवीन्द्रराज पाण्डेले उपचारका लागि अस्पताल लगिएको केहीवेरमा चिकित्सकले मृत घोषणा गरेको जानकारी दिए ।

पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको गरेको स २ प ४५३१ र विपरीत दिशाबाट जाँदै गरेको प्रदेश २–०१–००१ प १८५० नम्बरको मोटरसाइकल एक आपसमा ठोक्किएर दुर्घटना भएको थियो ।

प्रकाशित मिति : ७ मंसिर २०८०, बिहिबार ००:००  ९ : ०७ बजे