१ असार २०८२, आइतबार | Sun Jun 15 2025

कोल्वुङ दुर्घटनामा दुई जनाको मृत्यु, ३४ जना घाइते



बिर्तामोड-इलामको रोङ गाउँपालिका–३ कोलबुङस्थित मेची राजमार्गमा आइतवार साँझ भएको बस दुर्घटनामा एक बालकसहित दुई जनाको मृत्यु भएको छ ।

धनुषाधाम नगरपालिका–९ धारापानी बस्ने ३५ वर्षीया मनवती लामा र १२ वर्षीय अर्पण लामाको मृत्यु भएको हो । मनवतीको उपचारका क्रममा राति मृत्यु भएको प्रहरीले जनाएको छ ।

१२ वर्षीय लामाको भने घटनास्थलमै मृत्यु भएको थियो । ती बालक रुखमा अड्किएका थिए । घाइतेमध्ये अन्य दुई जनाको अवस्था चिन्ताजनक छ । भेन्टिलेटरमा राखेर उनीहरुको उपचार भइरहेको छ ।

कन्यामबाट झापातर्फ आउँदै गरेको ना ६ ख ८४२४ नम्बरको बस सडकबाट तीनसय मिटर तल खस्दा ३४ जना घाइते भएका छन् । घाइतेको विभिन्न अस्पतालमा उपचार भइरहेको छ ।

प्रकाशित मिति : ४ मंसिर २०८०, सोमबार ००:००  ८ : ०९ बजे