बिर्तामोड– व्यवसायिक क्षेत्रका दुई व्यक्तित्वले बिर्तामोड उद्योग वाणिज्य संघको आसन्न निर्वाचनमा उम्मेदवारी दिने भएका छन् ।
उम्मेदवार बन्न चाहनेहरूको चर्चाका बीच व्यवसायी युवराज निरौला र गोमा भट्टराईले वाणिज्य सङ्घको निर्वाचनमा उम्मेदवारी दिने तयारी गरेका हुन् ।
अध्यक्षका प्रत्यासी अर्जुनकुमार मैनालीको स्वतन्त्र व्यवसायीहरूको प्यानलबाट निरौला र भट्टराईको उम्मेदवारी तय भएकाे छ । उनीहरूले कुन पदमा उम्मेदवारी दिँदैछन् भन्ने टुंगो लाग्न बाँकी छ ।
निरौला १६ वर्षदेखि बिर्तामोडमा व्यापार व्यवसाय सञ्चालन गर्दै आएका व्यवसायी हुन् । मोबाइल व्यवसायमा संलग्न उनी नेपाल उद्योग तथा व्यवसायी महासंघ बिर्तामोड नगर समितिको अध्यक्ष पनि छन् । न्यू मोबाइल एशाेसिरिजका सञ्चालक निरौला शिक्षा बहुउद्देश्यीय सहकारी संस्थाकाे लेखा समितिका संयोजक पनि हुन् ।
लामो समयदेखि प्रगति पुस्तक भण्डार सञ्चालन गर्दै आएकी भट्टराई सामाजिक कार्यमा निरन्तर सक्रिय छिन् । महिला उद्यमी सङ्घ झापाको संस्थापक अध्यक्षका रूपमा मात्रै होइन, वीरता लेडी जेसीजको महासचिव हुँदै विभिन्न सामाजिक संघ संस्थामा नेतृत्वदायी भूमिकामा रहेर काम गरेको अनुभव भट्टराईसँग छ ।