सिराहा-स्रोत नखुलेको नेपाली रुपैयाँसहित सिराहाबाट दुई जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा सिराहा नगरपालिका– १७ माडरका ५२ वर्षीय प्रेमकुमार यादव र सिराहा नगरपालिका–७ हेमनारायण चोकका ४२ वर्षीय सञ्जयकुमार साह छन् ।
स्रोत नखुलेको ४४ लाख रुपैयाँसहित उनीहरुलाई शनिवार पक्राउ गरिएको सिराहाका प्रहरी प्रमुख एसपी टेकुनन्द इवा लिम्बूले बताए । उनीहरु भारतको जयनगरबाट सिराहातर्फ आउँदै गर्दा समातिएका हुन् ।
भारतीय नम्बर प्लेट बी आर ७ सी ४२२४ भएको कारलाई रोकेर चेकजाँच गर्दा स्रोत नखुलेको ४४ लाख बरामद भएको एसपी लिम्वूले जानकारी दिए ।