५ आश्विन २०८०, शुक्रबार | Fri Sep 22 2023

जुत्ताभित्र ब्राउन सुगर लिएर आउँदा पक्राउ परे चुलाचुलीका युवक



काँकडभिट्टा– भारतबाट आउँदै गरेका इलाम चुलाचुली-४ आइतवारेका धीरज हिमाङको साथमा मंगलवार राति ३५ ग्राम ब्राउन सुगर भेटिएको छ ।

प्रहरी कार्यालय काँकरभिट्टा र लागुऔषध नियन्त्रण ब्युरो काँकरभिट्टाबाट खटिएको प्रहरी टोलीले उनको साथमा ब्राउन सुगर भेटेको हो ।

जुत्तामा लुकाएको अवस्थामा हिमाङको साथमा ३५ ग्राम ब्राउन सुगर भेटिएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

झापा प्रहरीका प्रवक्ता डीएसपी खगेन्द्रप्रसाद रिजालले उनलाई काँकडभिट्टा प्रहरीको हिरासतमा राखिएको बताए ।

प्रकाशित मिति : १० श्रावण २०८०, बुधबार ००:००  १२ : ४३ बजे