५ आश्विन २०८०, शुक्रबार | Fri Sep 22 2023

संघीयता खारेजीको पक्षमा उभिए बामदेव गौतम



झापा-एमालेबाट अलग भएर नेकपा एकता राष्ट्रिय अभियान पार्टी दर्ता गरेका पूर्व उपप्रधानमन्त्री वामदेव गौतम संघीयताको खारेजीको पक्षमा देखिएका छन् ।

केन्द्रीय कमिटीको बैठकले संसदीय व्यवस्था असफल भएको निष्कर्ष निकाल्दै संविधान संशोधन गरेर प्रत्यक्ष निर्वाचित राष्ट्रपतिमा जानुपर्ने र संघीयता खारेज गरेर अघि बढ्नुपर्ने निष्कर्ष निकालेको हो ।

महासचिव डिबी कार्कीले प्रदेश संरचना हटाएर स्थानीय तहलाई शक्तिशाली बनाउनुपर्ने बताए । उनले भने, ‘संसदीय व्यवस्था असफल भयो । अब संविधान संशोधन गरेर प्रत्यक्ष निर्वाचित राष्ट्रपतिमा जानुको विकल्प छैन ।’

तत्काल पार्टी एकता सम्भव नभएको निष्कर्ष निकाल्दै एकता अभियानले देशव्यापी रूपमा संगठन विस्तार गर्ने निर्णय पनि गरेको छ ।

‘एमाले, माओवादी र एकीकृत समाजवादीबीच एकता हुनुपर्ने पक्षमा गौतमले वकालत गर्दै आएका छन् ।

प्रकाशित मिति : २० भाद्र २०८०, बुधबार ००:००  ८ : ३८ बजे