काठमाडौँ-भारतसँगको सम्झौताको विषयलाई लिएर नेकपा एकीकृत समाजवादीमा चर्काचर्की भएको छ । आइतवारपार्टी केन्द्रीय कार्यालय आलोकनगरमा बसेको सचिवालय बैठकमा नेताहरु बीच भनाभन भएको हो ।
भारतीय दूतावासले सञ्चालन गर्ने कुनै पनि आयोजनामा २० करोड रुपैयाँ सम्मको अनुदान सहयोग खर्च गर्न पाउने सम्झौता भएपछि त्यसले विवाद सिर्जना गरेको छ । एकीकृत समाजवादीका सम्मानित नेता एवम् पूर्वप्रधानमन्त्री झलनाथ खनालले सरकारले गरेको यो सम्झौतको चर्काे विरोध गरेका छन् ।
बैठकमा यसलाई एजेण्डा बनाउने माग गर्दै नेता खनालले यो राष्ट्रहित विपरीत भएकोले खारेज गर्न माग गरेपछि नेताहरु मत बाझिएको छ । केहीबेर बैठकमा सोही बिषयलाई लिएर चर्को बहस भएको हो ।
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारमा सहभागी एकीकृत समाजवादीका मन्त्री भने सो सम्झौताको बचाउमा छन् । उनीहरुले यसलाई देशको समृद्धिमा सहयोग पुग्ने बताउँदै आएका छन् ।


















